सोमबार, वैशाख ८, २०८२

नेप्से १७ अंकले बढ्यो , आजको कारोबार कति ?

नेपालखोज २०८० वैशाख १२ गते १५:३२

काठमाडौं । नेप्सेमा देखिएको करेक्सनले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै तीन अंकले बढेको नेप्से आज मंगलबार पुन १७ दशमलव ३६ अंकले बढेर १९ सय पाँच दशमलव ६८ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २७ अंकले बढेर तीन सय ६३ दशमलव ६५ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको २७ हजार सात सय ६६ पटकको कारोबारमा २७ लाख पाँच सय ७० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८८ करोड ५५ लाख ७८ हजार दुई सय ७० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा १३ वटा समुहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव १७ अंकले बढेर १२ सय ४१ दशमलव २४ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ५७ दशमलव पाँच अंकले बढेर तीन हजार पाँच सय तीन दशमलव ३३ अंकमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि १२ दशमलव शुन्य नौं अंकले बढेर २४ सय ५६ दशमलव ९२ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ५७ दशमलव ३० अंकले बढेर नौं हजार चार सय ९७ दशमलव ३० अंकमा चढेको छ । निर्जिवन बीमा समुहको सुचक ९५ दशमलव ४२ अंकले बढेर आठ हजार छ सय ५१ दशमलव ९३ अंकमा चढेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज तारागाउँ रिजेन्सी होटलको प्रतिकित्ता सेयर मुल्य आठ प्रतिशतले बढेर पाँच सय ४० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सनराईज ब्लुचिप फण्डको प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले घटेर आठ रुपैंयाँ ५५ पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता चार सय २२ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा सात करोड ९१ हजार पाँच सय ५७ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया