शुक्रबार, वैशाख ५, २०८२

लाइसेन्स नवीकरण १० वर्षमा : ज्वाला

नेपालखोज २०८० वैशाख १२ गते १७:४४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालक अनुमति पत्र लाइसेन्स नविकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले, हरेक ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गर्ने गरी तयारी भइरहेको जानकारी दिए । ‘स्मार्ट लाइसेन्स ५/५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारी छ ।’ उनले भने ‘ खर्च र लामो लाइन लाग्नु पर्ने बाध्यता हटाउन पनि अब हरेक ५/५ वर्षमा नविकरण गर्नुपर्ने वाध्यता हटाउन लागिएको हो ।’

स्मार्ट लाइसेन्स वितरण सहज र सरल बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका उनले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको बताए । स्मार्ट लाइसेन्स कुुरेर बसेकाहरुको समस्या ७ महिनाभित्र अन्त्य गर्ने योजना उनले सुनाए ।

मन्त्री ज्वालाले संघ, प्रदेश र स्थानीय तहले बनाउने गरी कानूनी रूपमै सडक वर्गीकरण गरिने जानकारी दिदैँ एकजना वरिष्ठ सहसचिवको नेतृत्वमा अध्ययन समिति समेत गठन गरिएको बताए ।

प्रतिक्रिया