मंगलबार, वैशाख ९, २०८२

महामन्त्री शर्मा भन्छन्- उपनिर्वाचनको परिणामले रूपान्तरित हुने सन्देश दियाे

नेपालखोज २०८० वैशाख १३ गते ८:५८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुने सन्देश दिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी हुने उम्मेदवारलाई बधाई दिँदै परिणामले आफूहरूलाई रूपान्तरित हुने सन्देश दिएको बताएका हुन् ।

उनले मतदाताको प्रत्येक मतलाई सम्मान छ भन्दै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया