मंगलबार, वैशाख ९, २०८२

बधाईका कार्यक्रम नराख्न रविकाे आग्रह

नेपालखोज २०८० वैशाख १३ गते ९:३३

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई विजयी गराएकोमा धन्यवाद दिँदै कही पनि बधाईका कार्यक्रम नराख्न आग्रह गरेका छन्

सामाजिक सञ्जालमार्फत उनले आज चितवनको इच्छाकामना क्षेत्रको कार्यक्रमपछि अन्य कुनै पनि ठाउँमा कुनै कार्यक्रम नराख्न आग्रह गरेका हुन् । चितवन २ सहित देशभर गर्नुपर्ने काम धेरै रहेको भन्दै उनले चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने प्रतिबद्धता पनि जनाए ।

लामिछानेले प्रतिस्पर्धी दल र उम्मेदावरसहित आम नागरिकबाट रचनात्मक सहयोग र सद्भाव प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन् । गएको आइतबार चितवन २ मा भएको उपचुनवमा सर्वाधिक मतान्तरको रेकर्ड राख्दै लामिछाने विजयी भएका थिए ।

प्रतिक्रिया