काबुलमा ब्रिटिश दूतावासलाई सुरक्षा सयाैं नेपाली गार्डलाई देश निकाला

बेलायत। बेलायतले अफगानिस्तानस्थित आफ्नो दूतावासमा काम गरेका एक सय भन्दा बढी नेपाली सुरक्षाकर्मीलाई फिर्ता गरेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि काबुलस्थित ब्रिटिश दूतावासमा रहेका नेपाली सुरक्षाकर्मीलाई उनीहरुको इच्छाविपरीत नेपाल फिर्ता गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अगस्ट २०२१ मा काबुलबाट उद्धार हुनेमा नेपालीसँगै केही भारतीय नागरिक पनि थिए । उनीहरुलाई नार्थम्प्टन, रिडिङ, अक्सफोर्ड र स्वीन्डनजस्ता क्षेत्रका होटलमा राखिएको थियो । उनीहरुलाई जबर्जस्ती नेपाल फिर्ता गरिएको गार्जियनले उल्लेख गरेको छ ।
गत मार्चमा करिब १० जना नेपाली सुरक्षा गार्ड, जसले काबुलमा बेलायती दूतावासका कर्मचारीको सुरक्षा गरेका थिए, उनीहरुलाई एक होटलमा छापा मारी पक्राउ गरिएको थियो । यो घटना बाहिरिएपछि बेलायतको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाली सुरक्षागार्डको स्वदेशी फिर्ती तत्काल रोकिएको जानकारी दिएको थियो ।
बेलायतबाट फिर्ता भएका नेपालीले सहयोगका लागि बेलायतको गृह मन्त्रालय, विदेश मन्त्रालय, रक्षा मन्त्रालय, नेपाल सरकार र यूएनएचसीआरलाई सहयोगका लागि पत्र पठाएका छन् । -theguardian
प्रतिक्रिया