नेप्सेमा १३ अंकले गिरावट

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार १३ दशमलव ६८ अंकले घटेर एक हजार आठ सय ९२ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ११ अंकले घटेर तीन सय ६१ दशमलव ५५ अंकमा झरेको छ । दुई सय ६४ वटा कम्पनीहरुको २३ हजार चार सय २९ पटकको कारोबारमा २५ लाख ७१ हजार दुई सय दुई कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८४ करोड ७० लाख २८ हजार दुई सय १९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ६७ अंकले घटेर १२ सय ३३ दशमलव ५८ अंंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३५ दशमलव ९२ अंकले घटेर तीन हजार चार सय ६९ दशमलव ४० अंकमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि २० दशमलव ५७ अंकले घटेर २४ सय ३६ दशमलव ३६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव ८२ अंकले घटेर नौ हजार चार सय ४० दशमलव ४८ अंकमा झरेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि ५० दशमलव ९५ अंकले घटेर आठ हजार छ सय दशमलव ९८ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य तीन दशमलव २५ प्रतिशतले बढेर नौं सय २१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सनराईज ब्लुचिप फण्डको प्रतियुनिट सेयर मुुल्य नौ दशमलव १२ प्रतिशतले घटेर सात रुपैंयाँ ७७ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता चार सय १५ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा सात करोड एक लाख ६० हजार चार सय ५७ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया