बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंकले बैकिङ प्रणालीमा दुई अर्ब १४ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०८० वैशाख १३ गते १६:३४

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा दुई अर्ब २४ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार बिभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० जेठ तीन गतेदेखि २०८१ जेठ दुई गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ६० करोड १२ लाख, बिकास बैंकहरुको लागि ३० करोड दुई लाख र फाईनान्स कम्पनीहरुको १० करोड रुपैयाँ छुुट्याईएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १७ गते नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया