मंगलबार, वैशाख ९, २०८२

राष्ट्रियसभाको बैठक बस्दै

नेपालखोज २०८० वैशाख १४ गते ७:०७

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहने  माननीय सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । 

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया