बिहीबार, वैशाख ११, २०८२

सद्‌गुरु वाणी !

नेपालखोज २०८० वैशाख १५ गते ५:१३

तपाईंले १५ जनसङ्ख्यालाई मात्र पनि ध्यानमय बनाउन सक्नुभयो भने बाँकी ९९५ ले बिस्तारै आफूलाई रूपान्तरित गर्नेछन् । मानव चेतनाको शक्ति त्यस हदसम्मको हुन्छ ।

तपाईं जीवन र यसको स्रोतको प्रक्रिया जान्न चाहनुहुन्छ भने सबैभन्दा पहिलो काम भनेको तपाईंले आफ्नो जीवन्तताको स्तर उन्नत गर्नुपर्छ । आनन्दपूर्वक जीवित रहनु नै वास्तवमा जीवनलाई जान्ने एक मात्र तरिका हो ।

प्रत्येक बच्चा अद्वितीय सम्भावना हो । वास्तवमा बच्चालाई उपदेश चाहिने होइन— जीवनले कसरी आकार लिन्छ भनेर जान्न आमाबुबाले ध्यान दिनुपर्ने हुन्छ ।

तपाईं आफ्नै विरुद्धमा लाग्नुभएन भने मानिसमा हुने सामर्थ्य असीमित हुन्छ । पहिला तपाईंले आफूलाई सानदार बनाउनुपर्छस त्यसपछि तपाईंले सानदार कामहरू गर्न सक्नुहुन्छ ।

यतिखेर यहाँ जे छ, त्यसलाई तपाईंले स्वीकार गर्नुभयो भने सबैथोक तपाईंको हिस्सा बन्नेछ । तपाईंले प्रतिरोध गर्नुभयो भने सबैथोक समस्या बन्नेछ ।

यस समयमा उत्तरी गोलार्धमा सूर्यको ऊर्जाको निकै बढी सकारात्मक प्रभाव रहेको हुन्छ । मेरो कामना र आशीर्वाद यो छ, तपाईं यो प्राकृतिक सहायतालाई आफूभित्र प्रस्फुरित हुन र रूपान्तरित हुन उपयोग गर्नुहोस् ।

आफूले चाहे जस्तो नहुँदा कसरी प्रेरित रहिरहने भन्ने प्रश्नलाई सम्बोधन गर्दै सद्‌गुरु यसको मूलभूत परिप्रेक्ष्यमा प्रकाश पार्दै हुनुहुन्छ ।

शरीरभित्र प्रत्येक कोशिकालाई सम्भव भएसम्म शुद्ध राख्नु अत्यन्तै महत्त्वपूर्ण छ । जब प्रणालीभित्र निश्चित स्तरको शुद्धता हुन्छ, व्यक्ति जीवनप्रति संवेदनशील बन्दछ ।

तपाईं जुन चीजमा आफ्नो ध्यान केन्द्रित गर्न रोज्नुहुन्छ, त्यसले नै तपाईंको जीवनको गुण निर्धारण गर्छ ।

प्रतिक्रिया