लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज शपथ लिँदै
नेपालखोज
२०८० वैशाख १५ गते ८:२६

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो १ बजे पद तथा गोपनीयताका शपथ हुनेछ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया