आजबाट ‘जून’ र ‘चे इज ब्याक’ नाटक मञ्चन हुदैँ
नेपालखोज
२०८० वैशाख १५ गते १३:०१

काठमाडौं । आज दुई नयाँ नाटक मञ्चन गरिदै छ ।
थापागाउँ मण्डला थिएटरमा नाटक ‘जून’ र सिनामंगलमा रहेको पुरानो घरमा ‘चे इज ब्याक’ मञ्चन सुरु हुँदै छ ।
‘जून’ नाटकमा जूनले सानै उमेरमा आमा गुमाएपछि सौतेनी आमा र दुई बहिनीसँग बस्दै आएकी उनीसामु नयाँ घर बसाउनुपर्ने बाध्यता साथै उनले आफनो रुचि र सपनासँग सम्झौता गर्नुपर्ने परिस्थिति आउछ ।
नम्रता केसीको डिजाइन, निर्देशन र कोरियोग्राफी रहेको यस नाटकलाई संयोग गुरागाईंले लेखेका छन् भने वैशाख २४ गतेसम्म मञ्चन हुदै छ ।
पारिवारिक कथावस्तुमा तयार पारेका ‘चे इज ब्याक’लाई भारती लेखन सुलक्षणले लेखन छन् भने कुन्दन थारुले निर्देशन गरेका छन् ।
नाटकलाई दर्शकले रुचाउने पुरानो घर थिएटरको विश्वास छ ।
सम्बन्धित
प्रतिक्रिया