मंगलबार, वैशाख ९, २०८२

मुक्तिनाथ विकास बैंकको बृहत वित्तीय साक्षरता

नेपालखोज २०८० वैशाख १६ गते १७:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक बर्ष २०७९–८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनरुपमा मनाउने अभियान सँगै मुक्तिनाथ विकास बैंकले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु को साथमा शुक्रबार र शनिबार वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनतथा घर दैला कार्यक्रम को आयोजना भने देशभरका विभिन्न विद्यालयहरु-कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो ।

‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मुलनारा बोकेको यस बैंक लि.ले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको सहभागीता रहेको थियो ।

यसरी वित्तीय साक्षरता तथाघर दैलो कार्यक्रम राख्दै बैंकले विधार्थीहरु, जनमानस तथा ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया