बिहीबार, वैशाख ११, २०८२

तयारी बाघजात्राको

नेपालखोज २०८० वैशाख १७ गते ६:४२

काठमाडाैं । सांस्कृतिक सहर पोखरामा हुने जात्राहरु मध्ये बाघजात्रा पनि एक हो । एक सय वर्ष भन्दा पुरानो यो जात्रा अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्ला २३ वर्षदेखि यो जात्रा हुन सकेको छैन । २०५७ सालमा तीन दिनसम्म नचाइएको बाघ जात्रा त्यसपछि संचालनमा आउन नसकेर लोपोन्मुख अवस्थामा पुगेको हो । यद्यपि यो वर्ष बाघ जात्रालाई पुन संचालनमा ल्याउने तयारी प्रारम्भ भएको छ ।

अबदेखि भैरब नाच र बाघ जात्रा ३ / ३ वर्षको अन्तरालमा संचालन गर्नेगरी यो वर्षको बाघजात्रा निकाल्ने तयारी गरिएको सुनिल उलकले बताएका छन । बाघजात्रामा ९० देखि १०० जनासम्म जनशक्ति आवश्यक हुन्छन् । यो जात्रामा राजा – रानी, मन्त्री, घोडा, सेना, प्रहरी तथा जनताहरु पात्रका रुपमा सहभागि हुन्छन् । भैरवनाच संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार बाघजात्रा लाखेजात्रा, घोडाजात्रा र माघेजात्राको संयुक्त रुप हो ।

बाघाजात्रा तयारी समितिका अनुसार यो वर्षको जात्रा आगामी भदौ १८, १९ र २० गते निकाल्ने तयारी गरिएको छ । बाघाजात्रा तयारी समिति सदस्य दीपेन्द्र श्रेष्ठले बाघजात्रा रैथाने तथा मौलिक जात्रा भएको बताएका छन । उनले भनेका छन,‘यो कुनै जाति विशेषको जात्रा होईन, सम्पूर्ण पोखरेलीहरुको सास्कृतिक पर्व हो । त्यसैले यसलाई सबै पोखरेली मिलेर सफल तुल्याउनु पर्छ ।’

प्रतिक्रिया