नेपाल टेलिकमले गर्यो आईसिटी डे अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसिटी डे अफर अफर उपलब्ध गराएको छ ।
सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आज (२०८० बैशाख १७) देखि प्रारम्भ भएको छ र आगामी २०८० बैशाख १९ सम्म लागु हुने टेलिकमको भनाई छ ।
यस अन्तर्गत ४९ रुपैंयाँमा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैंयाँमा तीन दिन चलाउन सकिने ६ जीबी डाटा, एक सय ९९ रुपैंयाँमा सात दिन चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९४ रुपैंयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र तीन सय ९९ रुपैंयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।
‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ ।
तालिका
S.N | Package name | Resource | Validity (days) | Tariff NRs. (Incl. of Tax) |
1 | 1Mbps data unlimited +100 Min NT-NT Voice | 1Mbps data unlimited +100 Min NT-NT Voice | 1 | 49 |
2 | 6GB data | 6GB | 3 | 98 |
3 | 13GB Data | 13GB | 7 | 199 |
4 | 20GB Data | 20GB | 10 | 294 |
5 | 30GB Data | 30GB | 15 | 399 |
प्रतिक्रिया