बिहीबार, वैशाख ११, २०८२

शिव मन्दिर र रुद्राक्ष

नेपालखोज २०८० वैशाख १८ गते ५:२३

सोमबार भगवान् शिवको ध्यान, व्रत र पूजा गर्नाले मनको वरदान प्राप्त गर्न सकिन्छ । आइतबार राति काँचो दूध छेउमा राखेर सुत्नुहोस्सोमबार बिहान बाबुलको रुखमा चढाउनुहोस्। यसो गर्नाले चन्द्रदोष हट्छ । सोमबार सेतो वस्त्र धारण गरी भगवान् शिवको पूजा गर्नुहोस् ।

निधारमा चन्दनको तिलक लगाई घरबाट निस्कनुहोस् । पानीमा केसर मिसाएर शिवलिंगलाई अभिषेक गर्नाले दाम्पत्य जीवनमा चलिरहेको सबै समस्याको अन्त्य हुन्छ । शिवलिंगमा चमेलीको फूल वा हार चढाउँदा वाहन सुख प्राप्त हुन्छ । सूर्योदयको समयमा शिवलिंगमा गंगा जल चढाउनुपर्छ ।

सोमबार बिहान शिव मन्दिरमा रुद्राक्ष चढाउँदा दाम्पत्य जीवनमा मधुरता आउँछ । सोमबारको दिन महको धारा बनाएर शिवलिंगमा अर्पण गर्नाले जागिर वा व्यापारमा आउने बाधाहरू हट्छन् । सोमबारको दिन शिवलिंगमा दूध मिसाएर जल चढाउँदा धनको आगमन हुन्छ ।

काँचो चामलमा कालो तिल मिसाएर सोमबार साँझ दान गर्नुपर्छ । यो उपायले पितृदोषको प्रभावलाई कम गर्छ । सूर्यास्तपछि शिव मन्दिरमा दीप प्रज्वलन गर्नुहोस् र ओम नमः शिवाय जप गर्नुहोस् । सोमबार सेतो गाईलाई रोटी र गुड़ खुवाउँदा सबै समस्या हट्ने जनविश्वास छ । सोमबार दूध, दही, सेतो वस्त्र, चिनी आदि सेतो वस्तु दान गर्नु शुभ मानिन्छ । यस दिन खीर बाँड्नु पनि शुभ मानिन्छ ।

प्रतिक्रिया