इटालीमा हट्यो च्याट जीपीटीमाथिको प्रतिबन्ध
नेपालखोज
२०८० वैशाख १८ गते ११:०३

इटाली । इटालीले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जीपीटीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । इटालीमा च्याट जीपीटी अब उपलब्ध रहेको ओपन एआई कम्पनीले बताएको छ ।
गोपनीयतासम्बन्धी विषयलाई लिएर इटालीको नियामक निकायले च्याट जीपीटीमाथि अस्थायी प्रतिबन्ध लगाएको थियो । तर नियामक निकायको माग पूरा गरेसँगै च्याट जीपीटीमाथि प्रतिबन्ध हटाइएको हो ।
सम्बन्धित
प्रतिक्रिया