रेकर्ड राख्दै‘सकम्बरी’, बटुल्यो २ करोड भ्यूज, अझै ट्रेन्डिङकाे शिर्ष स्थानमै
नेपालखोज
२०८० वैशाख १८ गते ११:२१

काठमाडौं । प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ले छोटो अवधिमा यूट्युवको शिर्ष ट्रेन्डिङमै रहेर २ करोड भ्यूज बटुलेको छ । जुन नेपाली संगीत क्षेत्रको लागि पहिलो रेकर्ड हो ।
सार्वजनिक गरिएको १८ दिनमा २ करोड भ्यूज पाएको गीतले एक हप्तामै करोड दर्शकको माया पाएको थियो । आलोचना र समर्थनका बीच सफल बनेको गीतमा सपुतको सृजना छ भने सपुतलाई ब्रता गन्धर्वले स्वरमा साथ दिएकी छिन् ।
सपुतकै कथा र निर्देशनमा तयार भएको गीतको भिडियोमा सुनिल थापा, कुसुम शर्मा लगायतको बेजोड अभिनय रहेको छ । भिडियोमा शहरमा मोडल बन्ने सपना बोकेर आएकी ‘फुलमाया’ कसरी ‘सकम्बरी’ बन्छिन् भन्ने कथालाई देखाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया