नेप्सेमा चार अंककाे गिरावट, सातवटा समूहले कमाउँदा छ वटा समूह रातै

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से चार दशमलव २७ अंकले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले घटेर तीन सय ५७ दशमलव शून्य दुई अंकमा झरेको छ । दुई सय ७१ वटा कम्पनीहरुको २१ हजार छ सय ४९ पटकको कारोबारमा २३ लाख ३६ हजार छ सय २५ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा सातवटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव शुन्य छ अंकले घटेर १२ सय २६ दशमलव शून्य तीन अंकमा झरेकोमा जलविद्युत समूहको सूचक २० दशमलव ६६ अंकले घटेर २३ सय ६४ दशमलव १२ अंकमा झरेको छ ।
निर्जीवन बिमा समुहको सूचक पनि २६ दशमलव २५ अंकले घटेर आठ हजार पाँच सय १७ दशमलव ३७ अंकमा झरेकामा लघुवित्त, लगानी र ट्रेडिङ समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने एक दशमलव ५९ अंकले बढेर तीन हजार चार सय २२ दशमलव ६३ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि तीन दशमलव ९३ अंकले बढेर नौं हजार तीन सय ४२ दशमलव तीन अंकमा चढेको छ । यसैगरी फाइनानस, होटल तथा पर्यटन, उत्पादनमुलक, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव २० प्रतिशतले बढेर चार सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा स्वेत गंगा हाईड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ७० प्रतिशतले घटेर प्रतिकित्ता तीन सय चार रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता एक हजार नौं सय रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ४४ लाख ४९ हजार आठ सय ८३ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया