जीवनकालमा एक पटक गर्नैपर्ने चारधामको यात्रा

हिन्दु धर्ममा चारधाम यात्राको ठूलो महत्व छ । प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा कम्तिमा एक पटक चारधामको यात्रा गर्नुपर्छ भनिन्छ ।
– यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथ उत्तराखण्डका चार धाम हुन्। यमुनोत्रीमा यमुना देवी, गंगोत्रीमा गंगा, केदारनाथमा भगवान शिव तथा बद्रीनाथमा भगवान विष्णुको मन्दिर छ ।
– चारधामको कुल यात्रा १,६०७ किलोमिटर लामो हुन्छ । यो यात्राको हरिद्वार वा ऋषिकेशमा गंगा स्नान गरेर प्रारम्भ गरिन्छ।
– चारधामको यात्रामा जान दर्ता आवश्यक छ । यसबाट सरकारले यात्रुहरुको चाप ( सुरक्षा आदिको हिसाबकिताब राख्छ ।
– केदारनाथको लागि दर्ता अनलाइन र अफलाइन दुवैबाट गर्न सकिन्छ । यसमा कुनै शुल्क लाग्दैन ।
– चारधाम यात्राका लागि केहि कागजपत्र पनि चाहिन्छ । यसमा पासपोर्ट वा नागरिकता , राहदानी साइजको फोटो तथा स्वास्थ्य प्रमाणपत्र प्रमुख छन ।
– प्रतेक वर्ष हजारौं नेपाली भक्तजन चारधाम यात्रामा जान्छन् । नेपालको जुनसुकै ठाउँ बाट भारतिय भुमिमा पुगि चारधामको यात्रा प्रारम्भ गर्न सकिन्छ ।
प्रतिक्रिया