बिहीबार, वैशाख ११, २०८२

भगवान नरसिंह जयन्ती

नेपालखोज २०८० वैशाख २० गते ५:१८

नरसिंह जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चौथो दिन मनाइन्छ । यस दिन हिरण्यकश्यपको वध गर्न भगवान विष्णुको चौथो अवतारका रुपमा नरसिंह पृथ्वीमा आएका थिए । यो विशेष दिन भगवान नरसिंह तथा भगवान विष्णुको पूजा गर्नाले सबै दुस्ख हट्छ भन्ने विश्वास गरिन्छ । नरसिंह जयन्ती वैशाख शुक्ल पक्षको चतुर्दशी तिथी ०३ मे २०२३ ९ वैशाख २० गते बुधबार ० राति ११स्४९ बजे सुरु भएर अर्को दिन अर्थात् ४ मे २०२३ राति ११स्४४ बजे समाप्त हुनेछ। नरसिंह जयन्तीको दिन साँझ नरसिंह भगवानको पूजा गरिन्छ । त्यसैले पूजाको समय साँझ ४ः१८ बजेदेखि बेलुकी ६ः५८ बजेसम्म रहन्छ । जबकि भोलिपल्ट अर्थात मे ५ को बिहान ५ः३८ बजे व्रत तोडिनेछ ।

नरसिंह जयन्तीको पूजा विधि

नरसिंह जयन्तीका दिन भक्तजनहरू सूर्योदयअघि उठेर नुहाउने, ध्यान गर्ने र सफा लुगा लगाउँछन् । त्यसपछि भगवान नरसिंह र माता लक्ष्मीको ध्यान गर्दै व्रत बसिन्छ । भगवान नरसिंहको पूजा विधिपूर्वक गर्नुपर्छ । उहाँका मन्त्रहरूको जप गर्नुहोस् । भगवान नरसिंहलाई रातो कपडामा बेरेर नरिवल चढाउँदा विशेष लाभ हुने शास्त्रमा उल्लेख छ । यस दिन भगवान नरसिंहलाई मिठाई, फल, केसर, फूल र कुमकुम आदि चढाइन्छ । अन्त्यमा नरसिंह स्तोत्र पढेर आरतीका साथ पूजा सम्पन्न गरिन्छ ।

नरसिंह जयन्तीको महत्व

पौराणिक किंवदन्ती अनुसार भगवान विष्णुले राक्षस राजा हिरण्यकशिपुलाई मार्न नरसिंहको रुपमा पृथ्वीमा अवतार लिएका थिए । यससँगै भक्त प्रह्लादले भगवान नरसिंहको परम भक्तिका कारण वैकुण्ठधाम प्राप्त गरेका थिए । नरसिंह भगवानको पूजाआजा गर्नाले शारीरिक तथा मानसिक समस्या हट्नुका साथै अनेकौं प्रकारका भयबाट मुक्ति मिल्ने जनविश्वास छ । यसका साथै भगवान विष्णुको यो रुपको पूजा गर्नाले जीवनका सबै बाधाहरु हट्छन् ।

प्रतिक्रिया