विवाह बन्धनमा बाँधिए रियाशा र भिक्टर
नेपालखोज
२०८० वैशाख २० गते २२:०२

काठमाडौं । कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेल विवाह बन्धनमा बाँधिएका छन् ।
उनीहरूको भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा विवाह गरेका हुन्। रियाशा र भिक्टर ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
रियाशा युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्। उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम गरिरहेकी छन्। यस टेलिसिरियलमा रियाशा धनी बाबुकी छुच्ची छोरीको भूमिकामा देखिरहेकी छन्।
रियाशाले थुप्रै म्युजिक भिडियोमा पनि काम गरेकी छिन्।
सम्बन्धित
प्रतिक्रिया