कामना सेवा र मनकामना अस्पतालबिच सम्झौता
नेपालखोज
२०८० वैशाख २१ गते १५:२६

काठमाडौं । कामना सेवा विकास बैङ्क र मनकामना अस्पताल, भरतपुर बिच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पी.डी. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टी. शुल्क, सी.टी. स्क्यान, आई.सी.यु., लगायत एन.आई.सी.यु., एच.डी.यु./नर्सरी सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
अस्पतालले प्रदान गर्ने सो सेवा सुविधाहरुमा बैङ्कका कर्मचारीहरूले २० प्रतिशतसम्मको र बैङ्कका ग्राहकहरूले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
बैङ्कसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया