बिहीबार, वैशाख ११, २०८२

वर्षको पहिलो चन्द्रग्रहण आज ?

नेपालखोज २०८० वैशाख २२ गते ५:३५

यस वर्षको पहिलो चन्द्रग्रहण बुद्ध पूर्णिमा (वैशाख २२ गते शुक्रबार ) का दिन लाग्ने भएको छ । यो वर्ष कुल ४ वटा ग्रहण लाग्नेछन् जसमा यो दोस्रो ग्रहण हुनेछ । यो ग्रहण (२०८० को पहिलो चन्द्रग्रहण ) ले धेरै राशिको जीवनमा ठूलो प्रभाव पार्नेछ। खगोलविद्हरुका अनुसार वर्षको यो पहिलो चन्द्रग्रहण मे ५ मा राति ९ बजे सुरु भएर बिहान १ : १५ बजेसम्म रहनेछ ।

यो चन्द्रग्रहण युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका, प्रशान्त, एट्लान्टिक, हिन्द महासागर तथा अन्टार्कटिका क्षेत्रहरुमा देख्न सकिनेछ । खण्डग्रास चन्द्रग्रहण भएकाले यो ग्रहण जताततै देखिने छैन । छायाँ चन्द्रग्रहणका कारण यसको सुतक पनि मान्य हुने छैन । पृथ्वीको छाया चन्द्रमामा सीधै नपर्ने चन्द्रग्रहणलाई छाया चन्द्रग्रहण भनिन्छ ।

यो ग्रहणमा चन्द्रमाको भाग छोपिएर यसको आकारमा असर पर्ने कुरा हुँदैन । यसमा चन्द्रमाको उज्यालोमा अलिकति मधुरोपन आएर चन्द्रमाको रङ केही फिक्का देखिने गरेको छ ।

प्रतिक्रिया