मंगलबार, वैशाख ९, २०८२

छाला चिलाउने समस्याबाट बच्न के गर्ने ?

नेपालखोज २०८० वैशाख २३ गते १८:३१

एलोवेरा जेल
यसलाई चिलाएको ठाउँ र वरपर लगाउनुहोस् । दैनिक प्रयोग गरे छाला नरम तथा एक्ने मुक्त रहनेछ ।

कागती तथा बेकिंङ सोडा
दुई चम्चा बेकिंङ सोडा र एक चम्चा कागती पानीको पेस्ट बनाउनुहोस्। यसलाई छालामा लगाउनु होस् र ५ – १० मिनेटका लागि त्यतिकै छोड्नुहोस् अनि त्यसपछि पानीले धुनुहोस् । यसको दैनिक प्रयोगले चिलाउने समस्यामा आराम मिल्छ ।

चन्दनको पेस्ट
चन्दनको धुलोमा गुलाबजल मिसाएर पेस्ट बनाउनुहोस् । चिलाएको ठाउँमा लगाए समस्या समाधान हुनेछ र छालालाई शीतलता प्राप्त हुनेछ।

नीम पेस्ट
नीममा एन्टी ब्याक्टेरियल गुण हुन्छ । चिलाएको ठाउँमा नीमको पात पिसेर लगाउनुहोस् । यसबाट चिलाएको समस्या समाधान हुनुका साथै पिम्पल पनि निको हुनेछ ।

नरिवलको तेल
नरिवलको तेलमा एन्टी इन्फ्लेमेशन तथा एन्टी ब्याक्टेरियल गुण हुन्छ । यसको प्रयोगले छाला स्वस्थ रहन्छ भने छालाको इन्फेक्सन पनि हटछ ।

स्रोत : पतंजलि योगपीठ

प्रतिक्रिया