सद्गुरु वाणी !

-सधैँ यो हेर्नुहोस्— तपाईंले आफू वरपर सबैका निम्ति सबैभन्दा उत्तम के गर्न सक्नुहुन्छ । अर्पणको यही भावले नै तपाईंलाई प्रज्वलित गर्नेछ ।
-गौतम बुद्ध आत्मज्ञान वा बुद्धत्व प्राप्तिको लागि अटुट प्रतिबद्धता र समर्पणको ज्वलन्त उदाहरण हुन् । यदि तपाईं कि बुद्धत्व प्राप्त गर्ने वा त्यसको प्रयासमै मर्ने एकनिष्ठ सङ्कल्प लिएर बाँच्नुभयो भने परम मुक्ति धेरै टाढा छैन ।
-जीवनको लक्ष्य मुक्ति हो, सत्ता वा शक्ति होइन— स्वयम्बाट मुक्त हुनु, आफूले सङ्ग्रहित गरेका चीजबाट मुक्त हुनु, शरीर र मनका तौरतरिकाबाट मुक्त हुनु, जीवनको द्वैत प्रकृतिबाट नै मुक्त हुनु ।
-जब हामी खान्छौँ, हामीले यस धरतीको हिस्सा आफूभित्र लिन्छौँ । हामी माटोलाई जस्तो व्यवहार गर्छौँ, आफ्नो शरीरलाई समेत त्यस्तै व्यवहार गरेका हुन्छौँ ।
-आध्यात्मिकता अपाङ्गता होइन । यो तपाईंले केके गर्न सक्नुहुन्न भन्नेसँग सम्बन्धित छैन बरु तपाईंले केकति गर्न सक्नुहुन्छ भन्नेमा केन्द्रित छ ।
-हामीले मानिसहरूलाई स्रोत/साधनको रूपमा हेर्न बन्द गर्नुपर्छ । उनीहरू वस्तु होइनन् बरु जीवन हुन् । सही हेरचाह र प्रेरणाले उनीहरू असाधारण व्यक्तिको रूपमा प्रस्फुरित हुनेछन् ।
-जीवनको निश्चित गति छ । तपाईं आनन्द(भावमा हतारमा हुनुपर्छ तर कहिल्यै अधीर हुनुहुँदैन ।
जब उल्लास चरम शिखरमा हुन्छ, यो तपाईंको शरीरमा नृत्यको रूपमा अभिव्यक्त हुन्छ ।
-वाणी मनको आविष्कार हो । ध्वनि वास्तविकता हो तर शब्द वास्तविकता होइन ।
-रोगमुक्त हुनु वा निरोगी हुनु मात्र स्वास्थ्य होइन । जब तपाईंको शरीरको प्रत्येक कोषिका भरपूर जीवनले प्रस्फुटित हुन्छ, तब तपाईंसँग स्वास्थ्य हुन्छ ।
-तपाईंको शरीर जतिसुकै आकर्षक भए पनि, वा तपाईंको दिमाग जतिसुकै तिक्ष्ण भए पनि, जब तपाईं आफ्ना शारीरिक र मानसिक गतिविधिमा हराउनुहुन्छ, तपाईंले जीवनलाई यसको मूल रूपमा बोध गर्न वा अनुभव गर्न सक्नुहुन्न ।
-साधना सधैँ यसरी रचना गरिएको हुन्छ स् पहिला तपाईं आफूभित्र सन्तुलन स्थापित गर्नुहोस्, अनि तीव्रता ल्याउनुहोस् । सन्तुलनबिना तीव्रता उत्पन्न गर्नाले तपाईंलाई अर्कै दिशामा लैजान सक्छ ।
प्रतिक्रिया