असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति
नेपालखोज
२०८० वैशाख २४ गते १२:४९

गण्डकी । शनिवार साँझ परेको असिना पानीका कारण मकै बाली र लहरे तरकारीमा क्षति पुगेको छ ।
साँझको समयमा हावाहुरीसहित आएको असिना पानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकै बाली तथा लहरे तरकारीलाई क्षति पुर्याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
केही स्थानमा क्षति पुर्याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए ।
वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकै बालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए ।
हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरे बालीमा समेत क्षति पुर्याएको छ ।
सम्बन्धित
प्रतिक्रिया