एभरेष्ट बैङ्कको भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट

काठमाडौं । विशेष कार्यक्रमका बिच एभरेष्ट बैङ्क लिमिटेडले लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका नारायण पथ, वडा नं. ७ स्थित भैरहवा शाखा आइतबार देखि सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२, प्रहरी टोलमा (हालको स्थानबाट करिब ४५० मिटर दक्षिण तर्फ आफ्नै नवनिर्मित भवनमा), स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरू सञ्चालन गरेको छ ।
उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरुपमा गरेका छन् ।
उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्क भैरहवाको नायब निर्देशक जीवन प्रकाश पाण्डे, जी.प्र.का रुपन्देहीका प्रहरी निरीक्षक सुरेश पन्त, बैङ्कका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुइँकेल साथै बैङ्कका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले एभरेष्ट बैङ्क सो क्षेत्रको एक अग्रणी बैङ्क भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैङ्कले उल्लेख्य भूमिका खेलेको धारणा व्यक्त गरे ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत खालिङले आफ्नै नवनिर्मित भवनबाट ग्राहकहरूले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए ।
साथै सो समारोहमा बैङ्कले विगत २५ वर्ष देखी निरन्तर रूपमा बैङ्क सँगै आबद्ध ग्राहक श्री नारायण बराईलाई सम्मान समेत गरेको थियो ।
पन्जाब नेशनल बैङ्क भारत सँगै संयुक्त साझेदार रहेको यस बैङ्क स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशै भरी छरिएर रहेको आफ्नो १२४ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।
यस बैङ्कले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
प्रतिक्रिया