‘आइएमई पे’ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने
नेपालखोज
२०८० वैशाख २४ गते १९:२४

काठमाडौैैं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ ।
यसैक्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।
सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने छ । रिवार्ड पोइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ ।
सो रिवार्ड पोइन्ट कारोवार गर्दै जादा जोडिदै जाने छ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया