‘आशावादीले हरेक कठिनाइमा अवसर देख्छ’

मनोवृत्ति सानो कुरा हो जसले ठूलो फरक पार्छ । स्व. विन्स्टन विन्स्टन चर्चिल बेलायतका पुर्व प्रधानमन्त्री, इतिहासकार तथा लेखक हुन् । उनलाई नोबेल पुरस्कार पनि प्रदान गरिएको थियो । हेरौं उनै चर्चिलका केही प्रशिद्द भनाइ :
१. निराशावादीले हरेक अवसरमा कठिनाइ देख्छ । आशावादीले हरेक कठिनाइमा अवसर देख्छ ।
२. साहस सबैभन्दा महत्त्वपूर्ण मानव गुण मध्ये एक हो, किनभने यो त्यस्तो गुण हो जसले अन्य सबै गुणहरूको ग्यारेन्टी गर्छ ।
३ . उभिन र बोल्न साहस चाहिन्छ तर बसेर सुन्न पनि ठुलै हिम्मत चाहिन्छ ।
४ . कहिल्यै, कहिल्यै, कहिल्यै हार मान्नुहुँदैन ।
५ . स्वस्थ नागरिक देशको सबैभन्दा ठूलो सम्पत्ति हो ।
६ . म सधैं सिक्न तयार छु, तर मलाइ सधैं अरुले सिकाएको मन पर्दैन ।
७ . बारम्बार असफल भए पछि पनि उत्साह नगुमाउनु नै सफलता हो ।
८ . मनोवृत्ति एउटा सानो कुरा हो जसले ठूलो फरक पार्छ ।
९ . सफलता अन्त्य होइन भने असफलता पनि घातक होइन । यसमा आफ्नो लक्ष – उदेश्यमा दृढता पुर्वक खडा रहने साहसले नै अर्थ राख्दछ र त्यो नै महत्त्वपूर्ण हुन्छ ।
प्रतिक्रिया