मंगलबार, वैशाख ९, २०८२

मानुषी लघुवित्तको गोष्ठी सम्पन्न

नेपालखोज २०८० वैशाख २६ गते १०:५३

काठमाडौं । मानुषी लघुवित्तले सानो गौचरन शाखा अन्तर्गतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मङ्गलवार सम्पन्न गरेको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाले निम्न वर्गीय महिलाको दैनिकीमा पारेको प्रभावबारे प्रकाश पारिन् ।

काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरूले महिला उद्यमशीलताको विकासका लागि लघुवित्तले सहजीकरण गरी समाजमा महिलाको आर्थिक स्तर उकास्न अहम् भूमिका खेलेको बताए ।

कार्यक्रममा संस्थामा आबद्ध महिलाहरूले आफ्नो सीप प्रयोग गरी बनाएका विभिन्न सामानहरूको प्रदर्शनी समेत गरिएको थियो साथै उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैङ्कबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । हाल लघुवित्तले देशभर १४ जिल्लामा ३६ शाखामार्फत ३४,४३२ सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया