मंगलबार, वैशाख ९, २०८२

राष्ट्र बैङ्कले २३ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै 

नेपालखोज २०८० वैशाख २६ गते १२:४२

काठमाडौं । नेपाल राष्ट्र बैकले बैङ्किङ प्रणालीमा २३ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कका अनुसार अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपकोरुपमा २०८० जेठ तीन गतेदेखि २०८१ जेठ तीन गतेसम्मको लागि लगानी गर्न लागिएको हो । 

यसरी मुद्दती निक्षेपकोरुपमा लगानी गरिने कुल रकम मध्येमा बाँणिज्य बैकहरूको लागि १८ करोड ४० लाख, विकास बैङ्कहरूको लागि तीन करोड ४४ लाख र फाइनान्स कम्पनीहरूको लागि एक करोड १५ लाख रुपैयाँ छुट्ट्याएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही वैशाख २७ गते सम्ममा नेपाल राष्ट्र बैङ्कमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैङ्क तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् । 

प्रतिक्रिया