प्रभु लाईफले गर्यो लाभांश घोषणा
नेपालखोज
२०८० वैशाख २६ गते १४:३३

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनील लाभाँश वितरण गर्नै घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभाँश वितरण गनै घोषणा गरेको हो ।
कम्पनीको यही बैशाख २५ गते बसेको सञ्चालक समितीको एक सय ४० औं बैठकले लाभाँश वितरण सम्वन्धी निर्णय गरेको हो । सो अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब रुपैंयाँ मध्येबाट १० दशमलव ५२ प्रतिशत (कर समेत) ले हुन आउने २० करोड रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित उक्त बोनस सेयरमा कर प्रयोजनको लागि शुन्य दशमव ५२ प्रतिशत अर्थात एक करोड पाँच लाख २६ हजार तीन सय १६ रुपैंयाँ छुट्याएको कम्पनीले जानकारी दिएको छ ।
लाभांश वितरण सम्वन्धी उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरण स्वीकृत भई कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।
सम्बन्धित
प्रतिक्रिया