सोमबार, वैशाख ८, २०८२

नेप्से १० अंकले बढ्दा ७७ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० वैशाख २६ गते १५:२३

काठमाडौं । अघिल्लो दिन झण्डै १७ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १० दशमलव ६६ अंकले बढेर १८ सय ४४ दशमलव ३६ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८७ अंकले बढेर तीन सय ५४ दशमलव २५ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको २० हजार सात सय ७६ पटकको कारोबारमा २८ लाख ३६ हजार एक सय ३९ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ५८ अंकले बढेर १२ सय १६ दशमलव १८ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक २८ दशमलव ३९ अंकले बढेर तीन हजार चार सय १७ दशमलव ४३ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि सात दशमलव ७६ अंकले बढेर १५ सय ३८ दशमलव ४१ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २४ दशमलव ५८ अंकले बढेर २२ सय ९६ दशमलव ७५ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ७५ दशमलव एक अंकले बढेर नौं हजार दुई सय ४६ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि २० दशमलव ६० अंकले बढेर आठ हजार चार सय ४९ दशमलव ६४ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज पिपुल्स पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ४७ प्रतिशतले बढेर दुई सय ६९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा युनिक नेपाल लघुवित्तको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव ६८ प्रतिशतले घटेर १५ सय ११ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भने प्रतिकित्ता एक सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा छ करोड ६१ लाख १५ हजार पाँच सय ४४ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया