बुद्ध धर्मका बारेमा कत्तिको जानकारी छ ?

बुद्ध धर्म होइन, जीवन पद्धति हो । एसियामा धेरै मानिसहरू छन्, जो धर्मले बुद्ध होइनन् तर पनि उनीहरू बुद्ध धर्म मान्छन् । यस्ता मानिसहरूका लागि यो जीवन पद्धति हो । सन् २०१५ को तथ्याङ्कअनुसार विश्वको कुल जनसङ्ख्याको करिब सात प्रतिशत बौद्ध धर्मावलम्बीहरूको छ ।
यद्यपि केही अनुसन्धानले सन् २०६० सम्ममा यो पाँच प्रतिशतमा सीमित हुने अनुमान गरेका छन् किनभने ठुलो सङ्ख्यामा मानिसहरू बौद्ध भिक्षु बन्छन् र तपस्वीको जीवन बिताउँछन् । विश्वका आधा बौद्धहरू चीनमा बस्छन् । उनीहरू चीनको कुल जनसङ्ख्याको १८ प्रतिशत मात्र हुन् । यसबाहेक अधिकांश बौद्ध धर्मावलम्बीहरू पूर्व र दक्षिण पूर्व एसियामा बस्छन् । थाइल्यान्डमा ९३ प्रतिशत र जापानमा नौ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बी छ ।
सिद्धार्थ गौतम नेपालको लुम्बिनीमा एक हिन्दु परिवारमा जन्मिएका थिए । उनले बिहारको गयामा निर्वाण प्राप्त गरे । यति हुँदाहुँदै पनि भारतमा एक प्रतिशतले मात्र बौद्ध धर्म मान्छन् जब कि नेपालमा यो सङ्ख्या १० प्रतिशत छ । भारत जस्तै अमेरिकाको जनसङ्ख्याको एक प्रतिशत बौद्ध धर्मावलम्बी छन् । ती प्रायः एसियाबाट आएर अमेरिकामा बसोबास गर्ने मानिसहरू हुन्। तीमध्ये धेरैजसो भियतनाम, दक्षिण कोरिया र जापानका मानिसहरू छन्।
दलाई लामा तिब्बती बौद्ध जनताका प्रमुख धार्मिक नेता हुन्। उनी १४ औँ दलाई लामा हुन जसलाई जीवित बोधिसत्त्व मानिन्छ। विश्वका अन्य धर्मको तुलनामा बौद्ध धर्मावलम्बीहरूको औसत उमेर निकै उच्च छ । मुस्लिमहरूको औसत आयु २४ वर्ष, हिन्दुको २७ वर्ष र इसाईको ३० वर्ष छ भने बौद्धको औसत आयु ३६ वर्ष छ ।
प्रतिक्रिया