पल शाहको निर्देशनमा आफ्नै कथाको म्युजिक भिडियो
नेपालखोज
२०८० वैशाख २८ गते १६:५२

काठमाडौं । पल शाहको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनेता पल शाहले लामो समयपछि अभिनय गरेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीत सार्वजनिक भएको हो ।
पुष्पन प्रधानको शब्द तथा संगित रहेको गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’ पल शाहको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा शाहले आफै निर्देशन तथा अभिनय गरेका छन् ।
शाह करणीको अभियोगमा जेल चलान भएका थिए । जेलबाट बाहिरिएपछिको यो उनको पहिलो म्युजिक भिडियो हो । भिडियोमा उनले भोगेको जेल चलानको कथा देख्न सकिन्छ ।
सानिशा भट्टराई र पल शाहको अभिनय भएको भिडियोलाई अन्नु चौधरीले आवाज दिएकी छिन् ।
सम्बन्धित
प्रतिक्रिया