प्रतिनिधिसभाका दशवटै विषयगत समितिको बैठक बस्दै
नेपालखोज
२०८० जेठ २ गते ७:०३

काठमाडाैं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका दशवटै विषयगत समितिको बैठक आज बस्दै छ । सम्बन्धित समितिको बैठक कक्षमा एकसाथ बिहान ९ बजे बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले राससलाई जानकारी दिए ।
समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत् तत् समितिका ज्येष्ठ सदस्यले गर्नेछन् । समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया