मंगलबार, वैशाख ९, २०८२

सिटिजन्स बैंक र दृश्य लाउन्जबिच समझदारी

नेपालखोज २०८० जेठ २ गते १२:३१

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँबानेश्वरस्थित दृश्य लाउन्ज प्रा.ली.बिच सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।

बैंकले देशै भरी फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, तीन वटा विस्तारित काउन्टर, एक सय ३९ वटा ए.टी.एम., छ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १५ लाख ४० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया