बुधबार, वैशाख १०, २०८२

यस वर्ष नहुने भयो किम्फ फिल्म फेस्टिभल

नेपालखोज २०८० जेठ २ गते १४:५५

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) यस वर्ष नहुने भएको छ । किम्फले आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो ।

संस्था र फेस्टिभललाई नयाँ ढाँचामा लैजानुपर्ने भएको भन्दै किम्फले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको छ । ‘अब हिमाल एसोसिएसनले नभएर गैरनाफामूलक संस्थाले फेस्टिभल गर्नेछ,’ किम्फ निकट स्रोतले बताए ।

यो फेस्टिभल अन्तर्राष्ट्रिय पर्वतीय फेस्टिभलहरुको छाता संस्थाको सदस्य समेत हो । फेस्टिभल बर्सेनि डिसेम्बरमा आयोजना हुँदै आइरहेको थियो । सन् २०२४ देखि भने वसन्त ऋतुमा आयोजना गर्ने तयारी छ ।

प्रतिक्रिया