सोमबार, वैशाख ८, २०८२

भारत र थाइल्यान्डको महशुल घटायो नेपाल टेलिकमले

नेपालखोज २०८० जेठ ३ गते ८:३९

काठमाडौं । सूचना प्रविधि दिवसका अवसरमा नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको छ ।

बुधवार देखी लागू हुने ‘नेपाल टेलिकमबाट भारतका कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ७ रुपियाँ’ मात्र शुल्क लाग्नेछ । त्यसै गरी ‘नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपियाँ’ नै लाग्ने छ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपियाँ अन्य नम्बरबाट आएको कल उठाउँदा १४ र एसएमएस गर्दा २४ रुपियाँ लाग्ने व्यवस्था छ ।

त्यसै गरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपियाँ मात्र लाग्ने छ । त्यसै गरी आएको कल उठाउँदा प्रतिमिनेट २५ रुपियाँ र एसएमएस गर्दा प्रतिएसएमएस १० रुपियाँ लाग्ने छ ।

हाल कुनै नम्बरमा कल गर्दा १३५ रुपियाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपियाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपियाँ लाग्दै आएको छ

त्यसै गरी डाटा चलाउँदा हाल प्रतिएमबी ४० रुपियाँ शुल्क भएकोमा अब प्रति १०० केबी शून्य ४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिब ५ रुपियाँ मात्र लाग्ने छ ।

प्रतिक्रिया