खाँण र रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
नेपालखोज
२०८० जेठ ३ गते २०:१७

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनीहरुलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । आजसम्म पक्राउ परेका १४ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ ।
बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परीसरले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया