गुगल भाषा सम्बन्धी अवरोध हटाउँदै

काठमाडौं । गुगलले हालसालै आफ्नो वार्षिक सम्मेलन (न्ययनभि क्ष्रइ सम्मेलन) मा युनिभर्सल ट्रान्सलेटरू प्रस्तुत गरेको थियो । यो अनुवाद सुविधाले भिडियो सामग्रीलाई ३०० भन्दा बढी भाषामा अनुवाद गर्न सक्ने दाबी गरिएको छ।
युनिभर्सल ट्रान्सलेटर प्रणालीको विशेषता के हो भने यसले अडियो र भिजुअल बुझेपछि वास्तविक समयमा अनुवाद गर्न सक्छ। यति मात्र होइन यो प्रणालीले शब्दहरूको सही उच्चारणको ख्याल मात्र राख्दैन वक्ताको मुखको चाल हेरेर भाषा मिलाउने काम पनि गर्छ ।
गुगलले यो प्रणालीबाट प्राकृतिक अनुवादको अनुभव सम्भव भएको दाबी गरेको छ । युनिभर्सल ट्रान्सलेटर जस्तो परिवर्तनकारी प्रविधिको क्षेत्र ठुलो छ। यो प्रविधिको मद्दतले मनोरञ्जन र विश्वव्यापी सञ्चारका नयाँ बाटाहरू खुलिरहेका छन् ।
संसारभरका विभिन्न क्षेत्रका मानिसहरू लाई एक अर्कासँग जोडन तथा व्यापारिक बैठकहरू देखि एउटा वैश्विक प्लेटफर्ममा शैक्षिक व्याख्यान सम्म अब भाषा बाधाका रूपमा देखा पर्ने छैन । यस्तो अवस्थामा गुगलको यो प्रणालीको सहयोगमा भाषाको सारा अवरोध हटाउन सकिन्छ ।
सुविधा सँगै खतरा पनि
यद्यपि यो सुविधा एआई प्रविधिसँग सम्बन्धित छ तर यो प्रविधिको सम्भावित खतराहरूलाई पनि बेवास्ता गर्न सकिँदैन । युनिभर्सल ट्रान्सलेटर प्रयोगकर्ताका लागि एउटा सुविधा त हो यद्यपि यसबाट विनाशको खतरा समेत छ ।
यसमा अनुवादित सामग्रीको हेरफेर जस्ता खतरा पनि हुन सक्छन् । गुगलले एआईको विकाससँगै त्यस्ता सम्भावित खतराहरूलाई कम गर्न सक्दो प्रयास गरिरहेको दाबी गरेको छ ।
प्रतिक्रिया