सलमान खान घाइते
नेपालखोज
२०८० जेठ ४ गते २१:२७

काठमाडौं । बलिउड अभिनेता सलमान खान घाइते भएका छन् ।
‘टाइगर ३’ मा व्यस्त खान छायांकनको समयमा घाइते भएका हुने । उनले यो फिल्ममा धेरै वर्षदेखि जोशका साथ काम गरिरहेका थिए ।
हालै यो फिल्मको सुटिङका क्रममा सलमानलाई चोट लागेको छ । उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन्, जसमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ ।
डम्बेल उठाउँदा सलमानलाई यो चोट लागेको हो । सलमानको ’टाइगर ३’ बहुप्रतिक्षित फिल्म हो ।
सम्बन्धित
प्रतिक्रिया