स्पन्दन सुब्बा बने भ्वाइस किड्स (सिजन २)को विजेता
नेपालखोज
२०८० जेठ ५ गते २३:०५

काठमाडौं । कोच प्रमोद खरेलबाट स्पन्दन सुब्बा टेलिभिजन रियालिटी शो भ्वाइस किड्स(सिजन २)को विजेता बनेका छन् ।
शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेबाट स्पन्दनलाई विजेता घोषणा गरिएको हो । विजेताले नगद १५ लाख हात पारेका छन् ।
उपाधिका लागि चार जना कोचबाट दुई–दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । जसमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धामा थिए।
टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाले फिनालेमा प्रतिस्पर्धामा थिए ।
सम्बन्धित
प्रतिक्रिया