यी नियम जसले ८० प्रतिशत प्लास्टिक प्रदूषण घटाउन सकिन्छ

विश्वभरका प्रतिनिधिहरूले प्लास्टिक प्रदूषण उन्मूलन गर्ने सन्धिमा हस्ताक्षर गरेका छन् । सन् २०२४ सम्ममा उक्त सन्धिको विवरणलाई अन्तिम रूप दिइनेछ। संयुक्त राष्ट्रसंघीय वातावरण एजेन्सी, यूएनईपीको नेतृत्वमा यो सन्धीले प्लास्टिक प्रदूषणलाई व्यापक रूपमा कम गर्ने लक्ष्य राखेको छ । अहिले प्रयोगपछि त्यस्तो प्लाष्टिकले नदी, महासागर तथा जमिन दूषित तुल्याइरहेको छ ।
प्लास्टिकको प्रदूषण रोक्न परीक्षण विधिहरूका आधारमा बनाइएका केही नियमहरूले ठूलो प्रभाव छोड्न सक्छ। हालै प्रस्तुत गरिएको प्रतिवेदनअनुसार प्रणालीमा ठूलो परिवर्तन गरेर सन् २०४० सम्ममा प्लास्टिकको प्रदूषणलाइ एक तिहाइले घटाउन सकिन्छ । यो प्रक्रियामा हजारौं नयाँ रोजगारीहरू पनि सिर्जना हुनेछन् भने ट्रिलियन डलरको नोक्सानबाट जोगिन सकिनेछ ।
यूएनईपीका निर्देशक इङ्गर एन्डरसनका अनुसार, ‘प्रतिवेदनले देखाउँछ कि एकीकृत, व्यवस्थित परिवर्तनको माध्यमबाट एकरेखीयबाट गोलाकार अर्थतन्त्रमा सर्दा मात्र हामीले हाम्रो पारिस्थितिक प्रणाली तथा अर्थव्यवस्थाबाट प्लास्टिकलाई बाहिर राख्न सक्छौं ।’ फ्रान्सको राजधानी पेरिसमा यस विषयमा विश्वभरका प्रतिनिधिले वार्ता गर्नुपर्ने बेलामा यो रिपोर्ट आएको हो ।
प्लास्टिकको प्रदूषण कम गर्ने सन्धिमा वार्ताको यो दोस्रो चरण हो। यूएनईपीले यसलाई ूपेरिस जलवायु सम्झौता पछिको सबैभन्दा महत्त्वपूर्ण वातावरणीय सन्धिू भनेको छ। विश्वमा अहिले हरेक वर्ष ३५० मिलियन टन प्लास्टिकको फोहोर फैलिरहेको छ । यो फोहोर जैविक विविधता, स्वास्थ्य तथा खाद्य आपूर्तिका लागि खतरा बनेको छ ।
अब के गर्ने ?
यूएनईपीको प्रतिवेदनले अनावश्यक र समस्याग्रस्त प्लास्टिकमा पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ। यसमा पुनस् प्रयोग, पुनस् प्रयोग वा कम्पोस्ट गर्न नसकिने प्लास्टिक समावेश छ । मानव स्वास्थ्यका लागि हानिकारक प्लाष्टिकमा प्रतिबन्ध लगाउने र प्याकेजिङका लागि धेरै प्लास्टिकको प्रयोग नगर्न समेत माग गरिएको छ । प्लास्टिक प्रदूषण नियन्त्रणका लागि तीनवटा दीर्घकालीन उपाय पनि सुझाइएका छन् जुन पुनस् प्रयोग र वैकल्पिक सामग्रीको प्रयोगमा आधारित छन्। पुनस्प्रयोग अन्तर्गत बारम्बार प्रयोग हुने चीजहरू प्रवर्द्धन गरिने कुरा उल्लेख छ । यसमा प्लास्टिकको सट्टा पैसा दिने विकल्प पनि ल्याइएको छ ।
फ्रान्समा सन् २०२१ देखि नै फोहोर विरुद्धको कानून लागू भएको छ । जस अन्तर्गत ठूला पसलहरूले पुनस् प्रयोग हुनसक्ने वस्तुहरू प्रवर्द्धन गर्नुपर्छ। फ्रान्समा पुनस्प्रयोग पुन प्रयोग हुननसक्ने प्लास्टिक प्रतिबन्धित छ ।
रिसाइकलको दर बढाउनु पनि प्रभावकारी कदम हुनसक्छ । कच्चा तेलमा दिइने अनुदान अन्त्य गरेपछि नयाँ प्लास्टिक महँगो हुनेछ । यसले रिसाइकललाई प्रोत्साहित गर्न सक्छ। यसो गरियो भने प्लास्टिक प्रदूषण २० प्रतिशतले घटाउन सकिन्छ । स्पेन र बेलायत जस्ता देशमा नयाँ प्लास्टिकमा छुट्टाछुट्टै कर र शुल्क लगाइएको छ । मेक्सिकोमा २००२ को तुलनामा भन्दा २०१८ मा ५६ प्रतिशत बढी प्लास्टिक रिसाइकल गरियो ।
प्लास्टिकको सट्टा वैकल्पिक सामग्री प्रयोग गरेर पनि विश्वभर प्लास्टिक प्रदूषण १७ प्रतिशतले घटाउन सकिन्छ। अहिले खान र पिउनका लागि डिस्पोजल र प्याकेजिङ र्यापरको प्रयोगमा धेरै प्लास्टिक प्रयोग हुने गरेको छ । यति हुँदाहुँदै पनि अल्पकालीन उत्पादनका कारण करिब १० करोड टन प्लाष्टिक फोहोर उत्पादन हुनेछ ।
प्रतिक्रिया