आइतबार, वैशाख ७, २०८२

जिन्दगी धुवाँ-धुवाँ

किशोर बिश्वकर्मा २०८० जेठ ६ गते ९:०९

हिँड्दा हिँड्दै
धेरै टाढा पुगिएछ
पिउँदा पिउँदै
जिन्दगी नै रित्तिएछ
यी तनावहरूसँगै
निसासिएका ती सपनाहरू
हेर्दा हेर्दै आँसु भएछ

केही गुनासाहरू छन्
जिन्दगीसंग
केही प्रार्थनाहरू छन्
जिन्दगीसँग
लेख्दा-लेख्दै
धेरै दुःख लेखिएछ
ढोग्दा-ढोग्दै
मान्छे-ढुंगा नै भएछ ।

धेरै विहानीहरू उदाए
जिन्दगीमा
धेरै रातहरू अस्ताए
जिन्दगीमा
सोंच्दा-सोंच्दै
एउटा मान्छे कथा भएछ
हिंड्दा/हिड्दै
एउटा जिन्दगी
धुवाँ-धुवाँ भएछ ।

प्रतिक्रिया