आइतबार, वैशाख ७, २०८२

म मान्छे हुँ

नेपालखोज २०८० जेठ ६ गते १३:२६

किन कसैले मेराे टाउकाेमा ढुङ्गाले हिर्काउँदैन ?
खालि खुरापाती कुरा मात्र आउँछ दिमागमा
आर्थिक वर्षकाे अन्त्यतिर टालेकाे सडक जस्ताे
कमजाेर सम्बन्धकाे समेत सदुपयाेग गरेर
स्वार्थकाे दुनाे साेझ्याउने बुद्धि
कहाँ कहाँबाट आउँछ मस्तिष्कमा
हरबखत विषाक्त विचारकाे फणा फिजाइरहने
गाेमन सर्प जस्ताे याे खाेपडीमा
किन ताताे झिर राेप्दैन कसैले ?

डाँका डाल्न दाउ ढुकिरहने
नामुद डाँकु जस्ता यी आँखामा
सुइराेले घाेचेर नानी नफुटाएसम्म
जसलाई पनि सिकार देख्न सक्छु
जसकाे पनि बाटाे ढुक्न सक्छु
जसका पिठ्युँमा पनि छुरी घाेप्न सक्छु
काेखामा दाँत भएकाे मानिस हुँ म
अँगालाे मार्ने बहानामा
तपाईंलाई पनि दरफर्याउन सक्छु

विवाहका लागि केटी हेर्न गएकाे केटा जस्ताे
भलादमी बनेर
चुनावमा भाेट माग्न आएकाे नेता जस्ताे
विनम्र भएर
अथवा कुनै कमसल सामानकाे विज्ञापनमा देखिएकी
महँगी नायिकाकाे जस्ताे व्यावसायिक मुस्कान छरेर
तपाईंका अगाडि आएँ भने म
सम्झिनुस् ! तपाईबाट कुनै न कुनै
मतलब फुत्काउनु छ मैले

औँला समातेर जसले उभिन सिकायाे
हिँड्न थालेपछि उसैलाई छाडेर जाने
काँध थापेर जसले खुट्किलाे चढायाे
टुप्पाेमा पुगेछि उसैलाई लात हान्ने
बैगुनी मानिस हुँ म
खाेलाे तरेपछि लाैराे बिर्सिन्छु
शिखर चढेपछि भुइँ भुलिदिन्छु

कमिलाकाे ताँती झैँ अरुकाे खुट्टा नतानीकन
सरासर हिँड्न सक्दिन म
पुतलीकाे पङ्क्ति झैँ अरुलाई नपछारीकन
अगाडि बढ्न सक्दिन म
चराकाे बथान झैँ अरुकाे बाटाे नछेकीकन
गन्तव्यमा पुग्न सक्दिन म

कुनै अव्यवस्थित सहरकाे
डम्पिङ साइड जस्ताे लाग्छ
मलाई मेराे फाेहाेरी मन
कुहिने नकुहिने सबै एकै ठाउँमा थुप्रिएर
डुङ्डुङ्ती गनाउने भएकाे छ
यसबाट निस्केकाे अतिशय दुर्गन्धले
जीवनकाे सुगन्ध सब सिध्याएकाे छ

आफूभित्रै उम्रिएकाे लालचकाे लहराले
छपक्कै छाेपेर आफूलाई
आफैँलाई नदेख्ने भइसकेछु
आँफैलाई नचिन्ने भइसकेछु
हुँदा हुँदा-
सात समुद्र पिएर पनि
नअघाउने अगस्ति भइसकेकाे रहेछु

घरि अर्काेकाे आगनलाई
आफ्नै मझेरी देख्छु
घरि अर्काेकाे भकारीलाई
आफ्नै ढुकुटी सम्झिन्छु
अर्काेकाे नासाेलाई झन्
आफ्नै पेवा जस्ताे ठान्छु
यति मात्र कहाँ हाे र !
घरि घरि सिङ्गाे पृथ्वी नै मलाई
मेरै बाउकाे बिर्ता जस्ताे लाग्छ

अर्काकाे गाँस खाेसेर खाँदा
खुब स्वाद मान्ने
अजिबकाे जिब्राे छ मेराे
अर्काकाे वास हडप्न पाउँदा
बडाे प्रफुल्ल हुने
गज्जबकाे चित्त छ मेराे
मलाई माफ गर भगवान् !
पापकाे भारी बाेकेर मनभरि
धार्मिक यात्रामा हिँडिरहेकाे
स्वघाेषित सर्वश्रेष्ठ प्राणी
मान्छे हुँ म…।।

प्रतिक्रिया