सोमबार, वैशाख ८, २०८२

मृत्युदण्डको भयानक शैलिहरू

नेपालखोज २०८० जेठ ७ गते १४:४३

काठमाडौं । आज संसारभर मृत्युदण्डको पूर्ण खारेजीको माग भैरहेको छ । एक समय यस्तो पनि थियो जब यो सजाय सामान्य मात्र थिएन, धेरै भयानक पनि थियो । हेरौं मृत्युदण्ड दिईने १० खराब विधि :

सुलिमा चढाउने

यो विधि रोमन साम्राज्यमा प्रयोग हुन्थ्यो । येशू ख्रीष्टलाई पनि यही विधि अनुसार मृत्युदण्ड दिइएको थियो। यसमा एउटा काठको क्रसमा हात खुट्टामा कीला रोपेर त्यसलाई रुखमा झुण्डाएर मर्न छोडिन्थ्यो ।

साँढेको पेटमा

यो भयानक विधि तानाशाह अकगरागासको शासन अन्तर्गत सिसिलीमा आविष्कार गरिएको थियो। यसमा धातुको खोक्रो साँढे बनाइन्थ्यो र आरोपिलाई त्यसको पेटमा हुलेर बाहिर ताला लगाई आगो सल्काइन्थ्यो । यसमा भित्र डढिरहेको मानिसको चीत्कार गोरुको मुखबाट निस्कदा साँढेको आवाज जस्तो लाग्थ्यो ।

बीचबाट चिर्ने

यो विधि एक पटक इङ्गल्याण्डमा प्रयोग भएको थियो। यसमा आरोपिलाई घिसारेर सजाय दिईने ठाउँमा पुर्याइन्थ्यो । त्यसपछि उसको सरिर खुट्टाको बीच भागबाट सिर सम्म काटिन्थ्यो ।

कोलम्बियाली टाई

कोलम्बियाका अतिरिक्त दक्षिण अमेरिकाका केही अन्य देशमा आरोपिको घाँटी अगाडिबाट काटेर जिब्रो बाहिर थुतिन्थ्यो ।

जिउँदै जलाउनु

सन् १९३७ मा जापानी सिपाहीहरूले चिनियाँलाई यस्तै सजाय दिएका थिए । इतिहासमा कैदीहरूलाई जिउँदै जलाइदिएको यो सजायका धेरै उदाहरण छन्।

सेपुकु

जापानी योद्धा समुराईले यो विधि अपनाए। यसमा भुडिँ चिरेर हातले आन्द्रा बाहिर निकालिन्थ्यो ।

लिङ ची

यो सजाय २० औं शताब्दी आए पछि चीनमा प्रतिबन्धित गरियो । यसमा दोषीको अंग एक – एक गरेर काटदै सकेसम्म लामो समयसम्म उसलाई जीवित राखिन्थ्यो ।

क्याथरीन व्हील

दोषीलाई पाङ्ग्रामा झुण्ड्याइन्थ्यो र जल्लादले त्यो पाङ्ग्रा घुमाउँदै उसलाई पिट्थ्यो । उसको हड्डी भाँचिन्थ्यो र बिस्तारै उ मर्थ्यो ।

बाँसमा बाँध्ने

यो सजाय एसियाली क्षेत्रमा दिइथ्यो । बाँसको रूख दैनिक एक फिट बढ्छ। दोषीलाई यस्तै रुखमा बाँधिन्थ्यो । बाँस बढेर आरोपितको शरीरमा प्रवेश गर्दथ्यो ।

स्पेनिश पंजा

बिरालोको पञ्जा जस्तो फलामको धारिलो हतियारले दोषी ठहर भएको व्यक्तिको छाला निकालिन्थ्यो । यसमा मानिसको मृत्यु छाला कडिएको घाउमा फैलने संक्रमणका कारणले हुन्थ्यो ।

प्रतिक्रिया