१६ अंकले बढ्दा एक अर्ब ८७ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको चौंथो कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५१ दशमलव ३१ अंकले बढेको नेप्से आज बुधबार पुन १६ दशमलव ४९ अंकले बढेर १९ सय ५९ दशमलव १२ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५८ अंकले बढेर तीन सय ७१ दशमलव ३१ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ३४ हजार आठ सय ४१ पटकको कारोबारमा ४८ लाख ६५ हजार चार सय ७५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् ।
सो मध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव १५ अंकले बढेर १२ सय ४६ दशमलव २६ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक शून्य दशमलव ३० अंकले बढेर तीन हजार पाँच सय ९३ दशमलव शून्य दुई अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय २० दशमलव २० अंकले बढेर १० हजार एक सय दुई दशमलव ७८ अंकमा पुगेकोमा निर्जिवन बीमा समूहको सुचक पनि एक सय २१ दशमलव ४५ अंकले बढेर नौं हजार पाँच सय ५८ दशमलव ४६ अंकमा पुगेको छ । यी बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रडिङ समूहहरुको सुचक पनि बढेका छन् ।
फाइनान्स समूहको सूचक सात दशमलव ४५ अंकले घटेर १६ सय ४० दशमलव ८४ अंकमा झरेकोमा जलबिद्युत समूहको सुचक पनि सात दशमलव ५१ अंकले घटेर दुई हजार चार सय २८ दशमलव ५८ अंकमा झरेको छ । यसैगरी सामुहिक लगानी कोष समुहको सुचक पनि घटेको छ ।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १५ सय तीन रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा सानिमा इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ७७ प्रतिशतले घटेर १० रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ । शिवम सिमेन्टको भने प्रतिकित्ता चार सय ६६ रुपैंयाँ अन्तिम मुल्यमा १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया