थाइराइडको घरेलु उपचार

हिजोआजका धेरै मानिसहरु थाइराइडको समस्याबाट ग्रसित छन् । यो रोगमा तौल बढ्नु वा घट्नुका साथै हर्मोनको असन्तुलन पनि हुन्छ । एक अध्ययन अनुसार पुरुषको तुलनामा महिलामा थाइराइडको समस्या १० गुणा बढी हुने गरेको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार शरीरका अंगहरूको सामान्य कामका लागि थाइराइड हर्मोन आवश्यक हुन्छ तर त्यसमा असन्तुलन भयो भने समस्या हुन्छ ।
थाइरोइडको सामान्य कारण अटोइम्यून थाइरोइड रोग हो । यो एक अनुवंशिक अवस्था हो जसमा प्रतिरक्षा प्रणालीले एन्टिबडीहरू उत्पादन गर्छ र थाइरोइड ग्रन्थिहरूलाई थप हर्मोन उत्पादन गर्न उत्तेजित गर्छ। थाइराइड दुई प्रकारका हुन्छन् ।
हाइपर थाइरोइडिज्मका लक्षण
-तौल घट्नु, हात काँप्नु
-गर्मी झेल्न नसक्नु, अनिद्रा
-तिर्खा लाग्ने, धेरै पसिना आउने
-मुटुको धड्कन बढनु , कमजोरी, चिन्ता तथा अनिद्रा ।
थाइराइडको अर्को प्रकार हो, हाइपोथाइराइडिज्म । यसका लक्षणहरू :
-सुस्ती, थकान, कब्जियत
-सुस्त मुटुको गति , चिसो लाग्नु
-छाला तथा केश सुख्खा हुनु
-महिलाहरूमा अनियमित मासिक धर्म
-बाँझोपन आदिका लक्षण ।
थाइरोइडको घरेलु उपचार घरमा सजिलै उपलब्ध हुने चीजहरू बाट गरिन्छ।
अदुवा
ड्ड अदुवामा पाइने पोटासियम, म्याग्नेसियम आदिले थाइराइडको समस्याबाट छुटकारा दिन्छ। अदुवाको एन्टी(इन्फ्लेमेटरी गुणले थाइरोइडलाई बढ्नबाट रोक्छ र यसको कार्यप्रणालीमा सुधार गर्छ।
दूध र दहीको उपभोगस्
ड्ड थाइरोइडको समस्याबाट ग्रसित व्यक्तिहरूलाई दही र दूध प्रयोग गर्न सल्लाह दिइन्छ। दूध तथा दहीमा पाइने क्याल्सियम, मिनरल्स एवं भिटामिनले थाइराइड पीडित व्यक्तिलाई स्वस्थ राख्छ ।
आलस
ड्ड यसको दानामा राम्रो फ्याटी एसिड हुन्छ जुन हाम्रो मुटुका लागि मात्र होइन थाइरोइडको समस्यामा पनि प्रभावकारी साबित हुन्छ । यसमा पाइने म्याग्नेसियम तथा भिटामिन बी १२ हाइपोथायराइडिज्मसँग लड्छ ।
नरिवलको तेल स्
ड्ड नरिवलको तेलमा फ्याटी एसिड पाइन्छ जसले थाइरोइड ग्रन्थीको उचित काममा मद्दत गर्छ। नरिवलको तेलको सन्तुलित प्रयोगले तौल घटाउन मद्दत गर्छ । यसले मेटाबोलिज्म बढाउँछ भने शरीरको तापक्रम सन्तुलनमा राख्छ।
मुलेठी
ड्ड थाइरोइडका रोगीहरू धेरै चाँडै थकित महसुस गर्छन् । यस्तो अवस्थामा मुलेठी सेवन गर्नु निकै फाइदाजनक हुन्छ । मुलेठीमा पाइने तत्वले थाइराइड ग्रन्थीलाई सन्तुलित राख्छ । यसले थकानलाई ऊर्जामा परिणत गर्छ। थाइराइडको समस्यामा मुलेठीले क्यान्सरको जोखिम कम गर्छ ।
अन्न
जौ, गहुँ जस्ता अन्नबाट बनेका खानेकुरा खाँदा थाइराइडको समस्या हुँदैन।
होल ग्रेनमा फाइबर, प्रोटिन तथा भिटामिन प्रशस्त मात्रामा पाइन्छ जसले थाइरोइडलाई बढ्न दिदैन । गहुँ र ज्वारले साइनस, उच्च रक्तचाप र रक्तअल्पता जस्ता समस्या रोक्न पनि प्रभावकारी रूपमा काम गर्छ ।
प्रतिक्रिया