बिहीबार, वैशाख ११, २०८२

जब बुद्धले जीवन सुरुभएको १ वर्ष भएको बताए…

नेपालखोज २०८० जेठ १३ गते ५:३०

बुद्धका उपदेश र उहाँका कथाहरूमा लुकेका सूत्रहरू अपनाएर हाम्रा सबै समस्या समाधान गर्न सकिन्छ । गौतम बुद्धका धेरै शिष्य थिए, तीमध्ये एकजना पुराना शिष्य पनि थिए । ती बूढा चेला पनि बुद्धसँगै बस्थे । ती शिष्यको स्वभाव निर्दोष थियो । एक दिन बुद्धले ती बूढा चेलाकहाँ पुगेर सोधे तिम्रो उमेर कति भयो रु बूढा शिष्यले भने यो महिना लगभग सत्तरी वर्ष हुनेछ ।

बुद्धले मुस्कुराउँदै भन्नुभयो– होइन, तिम्रो उमेर ठीक छैन । यो कुरा सुनेर बूढा अलि असहज भए किनभने उनलाई थाहा थियो कि बुद्धले बिना कारण केही बोल्दैनन् । यदि बुद्धले यो भनिरहेका छन् भने यसको अर्थ पनि छ ।

ती शिष्यले बुद्धलाई भने कि मैले मेरो उमेर सहि बताएको छु। मेरो कपाल सेतो भएको छ, मेरो दाँत झरेको छ। मेरा नातिनातिनाहरू छन्। म मात्र सत्तरी वर्षको भएँ । उनको कुरा सुनेर बुद्धले भन्नुभयो ( मेरो हिसाबले तिम्रो उमेर एक वर्ष हो । बूढाले भने, किन यस्तो भनिरहेका छौ रु बुद्धले उनलाई बुझाउनुभयो कि सत्य के हो भने तिमीले संसारमा बिताएका ७९ वर्ष व्यर्थ गए।

जबदेखि तिमी धर्मको खोजी गर्न थाल्यौ, जबदेखि तिमी पुण्यवान बनेका थियौ, जबदेखि तिमीले ध्यान गर्न थाल्यौ, तबदेखि तिम्रो जीवन सुरु भयो र तिमीले यो सबै एक वर्ष अघि सुरु गर्यौ, अर्थात तिम्रो उमेर एक वर्ष हो । बुद्धको शिक्षा स् बुद्धले के सन्देश दिनुभएको छ भने समय अमूल्य छ र हामीले प्रत्येक पललाई सही तरिकाले प्रयोग गर्नुपर्छ । सामान्यतया मानिसहरूले आफ्नो धेरैजसो समय व्यर्थका कामहरूमा बिताउँछन्। जबकि हामीले त्यस्ता काम गर्नुपर्छ जसको केही अर्थ छ।

हामीले हरेक दिन सोच्नु पर्छ ( हामीले आज के राम्रो काम गर्यौ रु हामी कति समय ध्यान गरिरहेका छौं रु हामी शान्ति प्राप्त गर्न के गर्दैछौं रु यी कुरालाई ध्यानमा राखेर काम गर्नाले जीवनमा शान्ति र सुख मिल्छ ।

प्रतिक्रिया